माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | ११:००:०० मा प्रकाशित
काठमाडाैं । माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग राखिएकाे छ । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग राखेका हुन् । उनीहरुले तीन दिन सार्वजनिक बिदा दिन माग गरेका छन् ।
सार्वजनिक बिदाको माग गर्दै उनीहरूले नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका थिए । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।
“बुधबार नगर प्रमुखलगायतलाई भेटेर माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखित रुपमै माग गरेका छौँ”, आदिवासी जनजाति संघका सभापति हवलदार चौधरीले भने, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनु भएको छ ।”
नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस