कोरोना नियन्त्रणमा सरकार सबै संयन्त्र परिचालन गरि जीवन रक्षाका लागि प्रतिवद्ध छ : मन्त्री कार्की
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सरकारका मन्त्री कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको भन्दै नागरिकको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।
साथै मन्त्री कार्कीले खोप अभियान पनि तीब्र गतिमा अगाडि बढेको बताएका छन् । पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढिरेको भन्दै यस्लाई रोक्न आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
‘पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ’, मन्त्री कार्कीले सामाजिक संजालमा लेखेका छन्, ‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’
सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् । ‘म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु’, उनले समाजिक संजालमा थप लेखेका छन् ।
पछिल्लो सातामात्र देशभर कोरोना संक्रमितको संख्या ९ प्रतिशतले बढेपछि बिहीबारबाट लागू हुनेगरी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । संक्रमणको जोखिम बढेसँगै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस