काेभिड संक्रमितले काठमाडाैंका अस्पताल भरिभराउ, पछिल्लाे एक हप्तामा कति प्रतिशतले बढ्याे काेराेना ? (तथ्यांकसहित हेर्नुहाेस्)
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १४:३९:०० मा प्रकाशित
काठमाडाैं । काेराेना संक्रमणका कारणा काठमाडाैंका प्राय अस्पतालहरू भरिभराउ भएका छन् । मुलुकभर हिजाे मात्र ३ हजार ७५ जना कोरोना संक्रमित भेटिएका छन् । उक्त संख्या देशमा ओमिक्रोन पुष्टि भएपछिकाे सबैभन्दा बढी हो ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
गत एक हप्ता अघिदेखि नेपालमा काेरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएकाे छ । पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो । संक्रमणदर १.६७ प्रतिशत मात्र थियो ।
उक्त संख्या बढ्दै गएर एक हस्ता अगाडिदेिखि बढ्दै गएर पुस २२ गते १० हजार २६७ जनाको पीसीआर गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमणदर पनि ४.२४ प्रतिशत थियो। अहिले यो संख्या चार गुणाले बढ्दै नेपालमा कोरोना संक्रमणदर २३.५९ प्रतिशत पुगेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
हाल दैनिक २ हजारभन्दा माथि संक्रमित भेटिन थालेका छन् ।
बुधबार भेटिएका ३ हजार ७५ संक्रमितमध्ये १ हजार ५३८ काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार १६८ ललितपुरमा २३६ र भक्तपुरमा १३४ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार २ हजार ४४४ संक्रमित भेटिदा काठमाडौं उपत्यकामा मात्र १ हजार २८६, सोमबार कुल संक्रमित १ हजार ४४६ मध्ये ८७६, आइतबार १ हजार १६७ मध्ये ६१५ र शनिबार ९४४ मध्ये ४८१ संक्रमित उपत्यकाका थिए ।
पुस महिनाकाे पछिल्लाे एक हप्ताकाे काेराेना तथ्यांक यस्ताे छ :
गते | जम्मा परीक्षण | पोजिटिभ | मृत्यु | संक्रमणदर प्रतिशतमा |
22 | १२०९९ | ५४० | १ | ४.२६ |
23 | १४९७१ | ९६८ | ० | ६.४७ |
24 | १३२६४ | ९४४ | ० | ७.१२ |
25 | १२६३२ | ११६७ | २ | ९.२४ |
26 | ११४२९ | १४४६ | २ | १२.६५ |
27 | १५०३३ | २४४४ | १ | १६.२६ |
28 | १३०३६ | ३०७५ | २ | २३.५९ |
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस