स्वास्थ्य

काभ्रेकाे आठ स्थानीय तहमा काेराेना संक्रमणा फैलियाे

काठमाडाैं । काभ्रेकाे आठ स्थानीय तहमा काेराेना संक्रमणा फैलिएकाे छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको हाे । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।

पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएकाे छ । 

उक्त जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको जनाइएकाे छ । कूल सङ्क्रमितमध्ये ९७.८३ प्रतिशत अथवा १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत