भारतसँग जीटुजी माध्यमबाट मल खरिद प्रक्रिया अन्तिम चरणमा
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | ०८:५९:०० मा प्रकाशित
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार)को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ ।
सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिए । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उनले बताए ।
भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौतिक रूपमा हुने दुतावासले जनाएको छ ।
नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो । सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस