गाउँ सहर

१० किलाे लागु औषध चरेससहित एक महिला पक्राउ

काठमाडौँ । १० किलो लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । पर्सा प्रहरीले १० किलो लागु औषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हाे । पक्राउ पर्नेमा रौतहट पिपरीया परोवा नगरपालिका ९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवी रहेकी छन् । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका ९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको जानकारी दिएकाे छ ।

प्रहरीले रन्जुको साथबाट लागु औषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिला भरिया हुन् वा मुख्य कारोबारी हुन् त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत