पछिल्लो २४ घण्टामा विश्वभर ३० लाख ४० हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित ?
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा विश्वभर ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् ।
अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार संक्रमित थपिएका छन् ।
यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् ।
यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन् भने ६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् ।
कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटलीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस