गाउँ सहर

टिपर दुर्घटनामा चालक सहित दुई जनाको मृत्यु

काठमाडाैं । टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका-१ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङ बबई गाउँपालिका-३ का २१ वर्षीय नविन विक रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

अाज बिहान ५ बजे धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३-००१क ०५४९ नम्बरको टिपर बाटोबाट करिब २५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत