निर्माणाधीन आश्रमलाई कांग्रेस बाग्मती प्रदेशका उपसभापति बस्नेतले गरे आर्थिक सहयाेग
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १४:३४:०० मा प्रकाशित
देवघाट । नेपाली कांग्रेस बाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले भरतपुर–१, स्थित देवघाटधाममा निर्माणाधीन रामजानकी बालिका आश्रमको लागि साढे १२ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
बिहीबार परिवारसहित देवघाट आएका नेता बस्नेतले निर्माणाधीन आश्रमको एउटा कोठा निर्माणमा लाग्ने सम्पूर्ण खर्चबापतको १२ लाख ५५ हजार ५५५ रूपैयाँ आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
लोकल्याण सेवा प्रतिष्ठान केन्द्रद्वारा सञ्चालित आश्रमको भुईँ तला ढलानको काम सकिएको छ ।
अभिभावकविहीन अवस्थामा रहेका बालिकाहरूको पालनपोषणसँगै शिक्षा दीक्षाको लागि आफूले सक्दो सहयोग गर्ने नेता बस्नेतले प्रतिबद्धता जनाए ।
‘अहिले दिएको रकममा पनि अपुग भए म थप्न तयार छु,’ नागार्जुन नगरपालिकाका मेयरसमेत रहेका नेता बस्नेतले भने, ‘अब आउने स्थानीय तहमा पनि पुनः जनप्रतिनिधि बन्ने मौका पाएँ भने यो आश्रमको लागि वार्षिक १० लाख रूपैयाँ सहयोग गर्ने बाचा गर्दछु ।’
आफू पनि संघर्ष गरेरै यो ठाउँमा आइपुगेको स्मरण गराउँदै नेता बस्नेतले आफू मरेर गएपछि पनि समाजमा सकारात्मक छाप छोडेर जानकै लागि सामाजिक कार्यमा आफूलाई विभिन्न माध्यमबाट क्रियाशील बनाउँदै आएको बताए ।
केही समयअघिसम्म सीताराम संस्कृत माविमा आश्रय लिएर बसेका बालिकाहरू अहिले उक्त विद्यालयको उत्तरतर्फ निर्माण हुँदै गएको भवनमा बस्दै आएका छन् । हाल ३६ जना बालिकाहरूले आश्रय लिनुका साथै सोही आश्रमबाट शिक्षा दीक्षा ग्रहण गरिरहेका केन्द्रकी अध्यक्ष सावित्री टण्डनले बताइन् ।
संस्था स्थापना भएको ११ वर्षसम्म केन्द्रले ७७ जना बालिकाहरूको उद्धार गरी आश्रय दिएको उनले बताइन् ।
‘तीमध्ये ३६ जना अहिले हामीसँग छन्, बाँकी हामीले परिवारको खोजी गरि पुनर्मिलन गराउन सफल भयौँ,’ उनले भनिन् ।
भरतपुर महानगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा तीन तले भवन निर्माणको काम भइरहेको उनले बताइन् ।
बालिकाहरूको स्थायी बसोबासको लागि करिब पाँच करोड ३० लाख बढी लागतमा ३८ कोठाको भवन निर्माण जारी रहेको अध्यक्ष टण्डनले जानकारी दिइन् ।
केन्द्र स्थापनाको ११ औँ वार्षिकोत्सवको अवसरमा केन्द्रलाई आर्थिक तथा विभिन्न कोणबाट सहयोग पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस