सर्वदलीय बैठक सम्पन्न, स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलकाे आग्रह
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १५:२२:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । निर्वाचन आयोगको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको हाे ।
राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बसेको बैठक भर्खरै सम्पन्न भएको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिएका छन् ।
‘राष्ट्रियसभाको निर्वाचन तोकिएकै स्थानमा हुन्छ’, रिमालले भने, ‘स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेका छौँ ।’
बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन, मतदाताको नामावली संकलन, स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको हो । बैठकमा आयोगलाई राजनीतिक दलले विभिन्न विषयमा सुझाव दिएका छन् । मतदानस्थल र मतदान केन्द्र बढाउनुपर्ने सुझाव दिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘कोरोना महामारी र संक्रमणको स्थितिलाई हेरेर निर्वाचन केन्द्र थप्नुपर्छ’, काँग्रेस नेता लेखकले भने, ‘निर्वाचन केन्द्र र मतदानस्थल थप्नुपर्छ भनेका छौँ ।’
सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने लगायत सुझाव समेत नेताहरुले दिएका छन् । नेता लेखकका अनुसार बैठकमा आयोगले निर्वाचनका लागि संवैधानिक र कानुनी अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी गराएको बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस