स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन जिल्लामा २ हजार २१९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ जना संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घण्टामा देशभर ४ हजार ६३६ जनामा संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यस्तै शनिबार ३५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर २१ हजार ५८४ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा १० हजार ४१२ पीसीआर तथा ४ हजार १४४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत