अर्थतन्त्र
सिद्धार्थ बैंकको साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित
- गाउँ सहर संवाददाता
- १ माघ शनिबार, २०७८ | १६:५०:०० मा प्रकाशित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकको चुक्ता पुँजी हाल १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ रहेको छ ।
बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ, एक हजार ८९० पीओएसमार्फत् देशभर आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस