सडक किनारको खाल्डोमा युवक मृत फेला
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १४:१४:०० मा प्रकाशित
बटवल । सडक किनारको खाल्डोमा एक युवक मृत फेला परेका छन् । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका हुन् ।
गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ आज बिहान मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।
उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस