गाउँ सहर

१६ ताेला सुन सहित युवक प्रहरी नियन्त्रणमा

काठमाडाैं । १६ तोला सुन सहित प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । पोखरा महानगरपालिका ३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ । 

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग.१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत