यस्ता छन् नेशनल लाइफले सार्वजनिक गरेकाे नयाँ बोनस दर
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६-७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्नो बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखमा प्रति हजार अधिकतम ८५ रुपैयाँसम्म बोनस दर घोषणा गरेको हो ।
कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
सावधिक जीवन बीमालेखमा बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
२० देखि २५ वर्ष अवधि वर्षको लागि प्रतिहजार ६५ रुपैयाँ बोनस दर दिने भएको छ ।
२६ देखि २९ वर्ष अवधि र ३० वा सोभन्दा माथि बीमा अवधिको लागि कम्पनीले ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
कम्पनीले सावधिक आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
त्यस्तै, २० वा सो भन्दा माथि अवधिको लागि कम्पनीले ६५ रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ ।
यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि र १० देखि १४ वर्ष अवधिको लागि ६३ रुपैयाँ बोनस दर दिने भएको छ भने सोही बीमाले अन्र्तगत १५ देखि १९ वर्ष अवधि र २० वा सोभन्दा माथि अवधिको लागि कम्पनीले प्रति हजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।
उल्लेखित बोनस दर अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत कायम हुने कम्पनीले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस