अर्थतन्त्र

अधिकतम ८५ सम्म पाउने गरि नेशनल लाइफ इन्स्योरेन्सको नयाँ वोनसदर सार्वजनिक

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकको प्रवर्द्धनमा स्थापित नेपालको बीमा क्षेत्रमा निजी क्षेत्रको पहिलो बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुका लागि उच्चतम बोनस प्रदान गर्नका लागि सक्षम भएको छ ।

काठमाडाैँको लाजिम्पाटमा आफ्नै अत्याधुनिक तथा व्यापारिक भवन एवम् व्यापारिक दृष्टिकोणले काठमाडाैँको मुटु मानिने ठमेल स्थित करोडौं मूल्य बराबरको आफ्नै स्वामित्वको जग्गा रहेको कम्पनीको प्रादेशिक स्तरका कार्यालयहरू वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा आफ्नै भवनमा कार्यालय सञ्चालमा रहेकाे तथा पोखरा र नेपालगञ्जमा नयाँ संरचनाको भवन बन्ने क्रममा रहेको कम्पनीको अर्थिक पक्ष अत्यन्त सवल रहेकाे जनाइएको छ ।

कम्पनीको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमा समितिमा सिफारिस भए बमोजिम बीमा समितिको एकचुरीले समेत कम्पनीले गरेको सिफारिश मनासिव भए नभएको मूल्यांकनको आधारमा नयाँ वोनस दरलाई स्वीकृती दिए पश्चात कम्पनीबाट जारि गरिएको मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेख हरुका लागि आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार वार्षिक रु ६४|- रुपैयाँ देखि अधिकतम ८५|-रुपैयाँसम्म बोनस पाउनेछन्  भने आजीवन बीमा लेखमा प्रतिहजार वार्षिक रू ६४|- देखि ६५|- सम्म पाउनेछन् त्यसैगरि अग्रिम भुक्तानी बीमालेखमा  प्रति हजार वार्षिक रू ६३|- देखि ६४|- रुपैयाँसम्म पाउनेछन् ।

बीमितहरुको अधिकतम हितलाई मध्यनजर राखेर बीमा समितिले अनिवार्य व्यवस्था गरेको बोनसको फ्युचर प्रोभिजन गरिएपछि जगेडा कोषमा यथेष्ट रकमको व्यवस्था गर्नुपर्ने भएकोले पुराना धेरै बीमा कम्पनीको बोनस दर घट्ने अनुमान गरिए पनि नेशनल लाईफको बोनस बिगतकै सरह कायम राख्न सक्नु व्यवस्थापन पक्ष तथा समग्र कम्पनीको  सफलताको  कुरा हाे । यसबाट सम्पूर्ण बीमीत,अभिकर्ता, कर्मचारीवर्ग एवम् समग्र बीमा क्षेत्र लाभान्वित  हुने कुराेलाई नकार्न सकिन्न । जुन नेशनल लाईफ परिवारकै लागि गर्वको विषय पनि हो ।

१५ वर्षको अवधि पार गरेको जीवन बीमा कम्पनीले एक चरण पार गरेकाे  भन्ने गरिन्छ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले त्यस्तो २ चरण सहज पार गरिसकेको हुनाले पनि यसको विश्वसनीयता वृद्धि भइरहेको जानिफकार बताउँछन् ।

कोरोना महामारीले सिथिल पारेको अर्थतन्त्रको यस्तो विषम परिस्थितिमा  समेत बिगतकै उच्च बोनस दर कायम राख्न सक्नु कम्पनीको आर्थिक अवस्था अत्यन्तै सबल, सक्षम एवम् मजबुत रहेको भन्ने बुझ्न सकिन्छ । ग्राहकको सन्तुष्टि नै कम्पनीको एकमात्र चाहना भएकोले आगामी वर्षमा कम्पनीको बोनस दर अझै वृद्धि हुँदै जाने सहज अनुमान गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत