काठमाडौंका यी १७ स्थानबाट आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाइँदै
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | ०७:२१:०० मा प्रकाशित
काठमाडाैं । सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप आजदेखि दिन सुरू गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो ।
आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट खोप लगाउन सकिन्छ।
यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ ।
माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ ।
उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ ।
यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस