कैँची रोपेर युवकको हत्या, दुईजना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १०:४१:०० मा प्रकाशित
काठमाडाैं । बलम्बु स्थित पिंगलमा कैँची रोपेर युवकको हत्या गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँची रोपेर युवकको हत्या गरिएको हाे । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत रहेका छन् ।
आरोपीहरूले कैँची र दाउले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको थियो । आक्रमणबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।
मृतक र आरोपी साथी हुन् । आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको प्रहरीले जानकारी दिएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस