भिडिओ

गायक उदित नारायण झाको नयाँ गीत ‘स्वतन्त्र मन’ सार्वजनिक

काठमाडाैं । लोकप्रिय गायक उदित नारायण झाको स्वर रहेको नेपाली गीत  भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरले संगीत दिएका छन् ।

गायक झाले लामो समयपछि नेपाली गीत गाएका हुन् । रोमान्टिक शैलीमा तयार ‘स्वतन्त्र मन’को म्युजिक भिडियो पनि बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ । भिडियोमा आर्यन र वर्षा प्रेमी जोडीको रुपमा देखिएका छन् ।

राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियो भने बिजेश र राजनले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निर्देशक बिजेश पौडेलकै सम्पादन छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत