स्वास्थ्य

काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएसँगै १९ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएका हुन् ।

काठमाडाैं उपत्यकामा मात्रै १९ हजार ३८७ जना संक्रमित छन् । काठमाडौंमा मात्र १३ हजार ९८६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा १ हजार ८४६ र ललितपुरमा ३ हजार ५५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा देशभर ६ हजार ७३४ संक्रमित थपिएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै सोमबार ५४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा १४ हजार १४ पीसीआर तथा ३ हजार ४५१ एन्टिजेन परीक्षण भएको छ ।

नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।

आज ६ हजार ७३४ जनामा संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको हो ।

मन्त्रालयकाअनुसार संक्रमण निको भएको दर ९५ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी १ हजार ९९७ जना संक्रमित भएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत