राजनीति

सत्तामा रहेका दलहरूकाे निर्वाचन केन्द्रित बैठक बस्दै

फाइल तस्बिर

 

काठमाडाैं । सरकारमा रहेका दलहरूकाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साेमबार भएको भेटवार्ताले आजका लागि संयन्त्रको बैठक आजका लागि तय गरेको थियो । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् । ​

 

गाउँ सहर संवाददाता

तपाईँको मत