गाउँ सहर

जिप दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाडाैं । जिप दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ । उलयपुर जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

जीप दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएकाे छ ।

 घाइते हुनेहरूमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जनाएका छन् ।

घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ । चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार रहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत