गाउँ सहर
सर्वोच्चका ३५ जना कर्मचारीमा काेराेना संक्रमण
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | ११:३६:०० मा प्रकाशित
काठमाडाैं । सर्वोच्चमा ३५ जना कर्मचारीमा काेराेना संक्रमण भएकाे छ । सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।
कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उनले जानकारी दिए । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उनले बताए ।
बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । उनका अनुसार सर्वोच्चका ३५ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस