गाउँ सहर
हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १२:२४:०० मा प्रकाशित
काठमाडाैं । हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको हाे । उदयपुरगढीबाट गाइघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका ५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
उदयपुरगढी गाउँपालिका ५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडिको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
बसका चालक रौतामाई गाउँपालिका ७ का राजन राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
प्रतिकृया दिनुहोस