कहिले हाेला प्रदेश १ काे न्वारन ?
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १३:००:०० मा प्रकाशित
विराटनगर । मुलुक संघियतामा गएपछि सात प्रदेश बने । सातवटै प्रदेश एकसाथ स्थापना भए । तर प्रदेशहरूकाे नाम र स्थायी राजधानी पाउन लामै रस्साकस्सी गर्नुपरिरहेकाे छ ।
प्रदेश सरकार गठन भएको झण्डै चार वर्ष पूरा भएको छ । पाँच वर्ष कार्यकाल भएको प्रदेशसभाले अबको बाँकी १३ महिनाभित्र नामकरणको विषय टुङ्ग्याउन नसके प्रदेशको नाम राख्न नसकेको असफलताको भारी बोक्नुपर्ने हुन्छ ।
सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण टुङ्ग्याइसकेका छन् । सोमबारमात्र प्रदेश २ ले पनि प्रदेशसभाबाट प्रदेशको नाम ‘मधेस’ पारित गरेको छ । अझै प्रदेश १ ले भने अहिलेसम्म नाम पाउन सकेको छैन ।
सातवटै प्रदेशमध्ये ६ वटाले नामाकरण गरिसकेपछि प्रदेश १ सरकारलाई दबाब बढेको छ । प्रदेश १ को राजधानी विराटनगर कायम भइसकेकाे छ तर न्वारन हुन सकेकाे छैन ।
दलहरुबीच सहमति नबन्दा नामकरण थाँती रहँदै आएको छ ।
प्रदेशले चार वर्षमा तीन मुख्यमन्त्री पाइसक्याे तर एक थान नाम पाउन सकेकाे छैन । यसअघिका दुई मुख्यमन्त्रीमध्ये शेरधन राईको पालामा प्रदेशको स्थायी राजधानीबारे टुङगो लागे पनि नामकरण हुन सकेन । दोस्रो मुख्यमन्त्री भीम आचार्यको कार्यकाल पनि त्यसै बित्याे । हाल पाँच दलीय गठबन्धनको सरकार छ । राजेन्द्र राई तेस्रो मुख्यमन्त्री छन् ।
मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।
प्रदेशको नाम भूगोल, पहिचान कि सभ्यताको आधारमा राख्ने भन्नेबारे गठबन्धनभित्रै नामका बारेमा मतभिन्नता छ ।
प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेशको नामका विषयमा भूगोलका आधारमा कोसी, सगरमाथा, त्यसैगरी बहुपहिचानको आधारमा कोसी किरात लगायतका नाम चर्चामा रहँदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस