दाेहाेराे अंकले घट्याे शेयर बजार, ८ अर्ब ४४ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १५:२०:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा पुगेको हो ।
कारोबार रकममा भने वृद्धि भएकाे छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको नेप्से जनाएकाे छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस