काठमाडौं उपत्यकामा आज मात्रै ५,५४९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४,५७६ पुग्याे
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १६:२६:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
अहिले देशभर ३७ हजार ८२६ जना होम आइसोलेसनमा र एक हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५१ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस