१६ माघदेखि देशभरीका विद्यालयमा खोप अभियान सञ्चालन गरिने
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १०:२२:०० मा प्रकाशित
काठमाडाैं । आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन हुने भएकाे छ । सरकारले आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको हाे ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा माघ १६ देखि माघ २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
हिजाे गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकले खोप अभियानकै लागि चार दिन विद्यालय खुला गर्ने निर्णय गरेको हाे ।
गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाकाअनुसार खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ ।
बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।
विमानमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनुपर्ने तथा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न केन्द्रले निर्देशन दिएको छ ।
विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
प्रतिकृया दिनुहोस