पसलको सटर फोडेर चोरी गर्ने दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १०:३०:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले पसलको सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जनालाई पक्राउ गरेकाे छ । कैलालीमा पसलको सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जनालाई पक्राउ गरेकाे हाे । जिल्लाको गोदवारी नगरपालिका –१ अत्तरिया बजारको चौधरी गल्ली भित्र रहेको एक किराना पसलको सटर फोडेर चोरी गरिरहेको अबस्था गएराति रंगेहात दुई जनालाई प्रहरीले पक्राउ गरेको जानकारि दिएकाे छ ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका वडा नं ८ स्याउले घर भएका राजेश बिष्ट र कञ्चनपुरको दैजी घर भएका मन्नु लुहार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथवाट नगद र केही जिन्सी सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई चौधरी गल्ली भित्र रहेको बाल प्रशाद घिमिरेको किराना पसलको सटर फोड्ने क्रममा राति १२ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।उनीहरुले यस अघि पनि बजार क्षेत्रमा चोरीको प्रयास गरेको पाइएको छ ।
यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस