अर्थतन्त्र

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । आजका सुन १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ ।

आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे महासंले जनाएकाे छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एकै दिन ३० रुपैयाँले बढेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत