स्वास्थ्य
कोभिड-१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १२:०८:०० मा प्रकाशित
काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप कार्ड हराएमा के भन्ने प्रश्नकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्तर दिएको छ ।
उसका अनुसार - यदि तपाईंले खोप लगाइसक्नुभएको छ तर कार्ड हराएको छ भने निम्नानुसार खोप कार्डको प्रतिलिपि लिनुहोला ।
- दुबै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने ।
- जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने ।
- पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने ।
मन्त्रालयले भनेको छ, ‘बढ्दो कोरोना संक्रमणका कारण नेपाल सरकारले २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
प्रतिकृया दिनुहोस