इजरायलमा नेपाली कामदारलाई राेजगारीकाे अवसर, बुधबार ९९ जना कामदार जाँदै
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १३:०९:०० मा प्रकाशित
काठमाडाैं । ६ वर्षपछि नेपाली कामदारले इजरायल रोजगारीमा जाने माैका प्राप्त गरेका छन् । बुधबार रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदैछन् ।
इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेकाे वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारले जानकारी दिएका छन् ।
हालसम्म इलरायल सरकारले ९ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ ।
विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सयजनाको अन्तिम छनोट गरिसकेको छ । जसमा ७० प्रतिशत महिला छन् ।
दोस्रो चरणमा १४ र १५ माघमा एक सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ ।
दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ । यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।
इजरायल र नेपाल सरकारबीच ०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
प्रतिकृया दिनुहोस