भारतमा एकै दिन थपिए २ लाख ८२ हजार सङ्क्रमित
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १४:२७:०० मा प्रकाशित
काठमाडाैं । भारतमा पछिल्लो एक दिनमा थप २ लाख ८२ हजार ९७० जना काेराेना सङ्क्रमित थपिएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ । हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनभाइरसबाट अघिल्लो दिनको तुलनामा बुधवार सङ्क्रमितहरूको सङ्ख्या ०.७९ प्रतिशत बढी रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १ लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ ।
पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या चार लाख ८७ हजार २०२ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । हालसम्म भारतमा १ अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस