नेप्से आज पनि ३८ अंकले घट्याे, काराेबार ६ अर्बमा खुम्चियाे
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १५:२९:०० मा प्रकाशित
काठमाडाैं । साताकाे चाैथाे काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दाेहाेराे अंकले घटेकाे छ ।
यसदिन ३८.३५ अंकले घटेकाे छ भने काराेबार रकममा पनि गिरावट आएकाे छ ।
आज नेप्से २८९८.३१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबार बजार २९०० अंकको बिन्दुबाट ओरालो झरेको छ । लामो समयपछि बजारले २९०० बिन्दु पार गरेपछि पुन त्यो बिन्दुबाट झरेको छ ।
२२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।
यसदिन बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीकाे शेयरमूल्य उच्च अंकले बढकाे छ ।
सबैभन्दा धेरै शेयरमल्य घट्ने कम्पनीहरूमा घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायत छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस