डब्ल्यूएचओकाे चेतावनी : ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य नहुने, नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोभिडको ओमिक्रोन भेरिएन्टले अबकाे केही साता जोखिमयुक्त हुने बताएकाे छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले ओमिक्रोन भेरियन्टका कारण आगामी केही साता निकै जोखिमयुक्त रहेको भन्दै यसलाई खेलाँची नठान्न आग्रह गरेका छन् ।
उनका अनुसार ‘विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने देखिन्छ’ ।
उनले भने अमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ-आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु । ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।’
अहिले पनि विश्वका धेरै मानिसहरू खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने पनि उनले बताएका छन् । ‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ, उनले भने ।
उनले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवतः नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस