गाउँ सहर

भाेलिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडाैं । भाेलिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हाे ।

काेभिड संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाइएकाे छ । 

जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा जारी सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, सङ्घसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख गरिएकाे छ ।

शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने जारी सूचनामा उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत