आजबाट यस्ताे हुनेछ पेट्रोलियम पदार्थको मूल्य, सबैभन्दा धेरै घाटा व्यहोरीरहेको एलपी ग्यासको मूल्य भने यथावत
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | ०६:३३:०० मा प्रकाशित
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरि डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ ।
काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १३९ रुपैयँ र डिजेल १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने एकै पटक प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरिएको छ ।
अब अन्तर्राष्ट्रिय तर्फ एक किलोलिटर इन्धनको मूल्य ९९५ अमेरिकी डलर पर्ने छ । यस अघि एक किलोलिटर इन्धनको मूल्य ८९५ डलर मात्रै तोकिएको थियो ।
तर सबैभन्दा धेरै घाटा व्यहोरीरहेको एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
मूल्य समायोजन गरेपनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने छ । एलपी ग्यासमा मात्रै एक अर्ब १४ करोड रुपैयाँ घाटा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
प्रतिकृया दिनुहोस