सन्दीपको कप्तानीमा विश्वकप छनोटका लागि टिम घोषणा, काे काे परे ?
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १०:१२:०० मा प्रकाशित
काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेस छैनन् । उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन सकेका थिएनन् । यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन् ।
टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् ।
विश्व छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन् ।
विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान)
कुशल भुर्तेल
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
शरद भेषवाकर
करण केसी
आरिफ शेख
कुशल मल्ल
आसिफ शेख
कमल सिंह ऐरी
शाहब आलम
अविनाश बोहरा
प्रदिप ऐरी
जितेन्द्र कुमार मुखिया
विवेक यादव
लोकेश बम
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस