नेपाल विद्यार्थी संघद्वारा इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | ११:१३:०० मा प्रकाशित
काठमाडाैं । सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।
अत्यावश्यकीय वस्तुको पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ । विज्ञप्तिमा मूल्य वृद्धि जनविरोधी भएको भन्दै भत्र्सनासमेत गरिएको छ ।
महामन्त्री तिमल्सिनाले निगमले संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकम उपयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । महामारीमा उपभोक्तालाई सर्वसुलभ सेवा दिनुको साटो थप पीडा दिने गरी बढेको मूल्य फिर्ता गर्न माग विज्ञप्तिमा गरिएको छ ।
हिजाे राति निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टीतेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरेर १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि भएको छ भने एलपी ग्यासको मूल्य यथावत छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस