सांग्रिला बैंककाे दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, सबै सूचक सकारात्मक
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | ११:१७:०० मा प्रकाशित
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासकाे भन्दा नाफा बढाएकाे छ भने सबै सूचकहरू प्रगति देखिएकाे छ ।
बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, निक्षेप तथा कर्जा लगायतमा बढोत्तरी आउँदा ५९ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ ।
बैंकले ६ महिनमा खूद ब्याज आम्दानी बाटै ७९ करोड ५८ लाख आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी ५४ करोड मात्रै थियो । बैंकको संचालन मुनाफा २२ करोड २४ लाखबाट ३७ करोड ४१ लाख पुगेको छ ।
बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । ६५ करोड ९५ लाखको रिजर्बको आकार ७२ करोड ४२ लाख पुगेको छ । बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ ।
बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ। बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको तथा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस