गाउँ सहर

पत्रकार एलबि विश्वकर्माको निधन

काठमाडौं । पत्रकार एलबि विश्वकर्माको निधन भएको छ । प्रदेश नं सात सुदुरपश्चिमका एक युवा पत्रकारको निधन भएको हो ।  विश्वकर्मा एउटा पत्रकार र लेखक पनि हुन । उनलाई बुधबार राती  तीन बजे एकासी मुटुमा समस्या आएको भन्दै उनका भाई ललित टमटाले तत्कालै उपचारका लागी पाटन हस्पिटलमा लगेका थिए र केही छिनमै उनको दुःखत खबर आएको उनका भाइले जानकारी दिएका छन् । एलबिको मृत्यु कसरी र के कारणले भएको हो अहिलेसम्म सूचना नआएको उनका भाइले जानकारी दिएका छन् ।

डाक्टरका अनुसार Covid 19 भएको हो भने खबर आएको छ, पत्रकार को चेक गर्दा Covid 19 को एन्टीजेन  परीक्षण गर्दा रिपोर्ट नेगेटिभ  आएकोको बताएका थिए । एलबिले हिजो मात्र इमेज लेटरमा सुदुरपश्चिम र कर्णाली प्रदेश को बारेमा सामाजिक समस्याको बारेमा व्याख्या गरेका थिए, भने उनी एक अछाम जिल्लाका मात्र पत्रकार नभई सुदुरपश्चिमका एउटा गहन पत्रकार को रूपमा चिनिन्छन् । उनी सामाजिक र दलित प्रति भएको भेदभाव र सामाजिक समस्या सम्बन्धीको आरोपम सधैं अघि बढ्ने युवा हुन । उनी किर्याशील दलित  पत्रकार संघका केद्रीय सदस्य समेत रहेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत