माैसमका कारण विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | ११:५७:०० मा प्रकाशित
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ ।
काठमाडौंको आकाशमा विहानैदेखि मौसमका कारण विमानस्थलामा आन्तरिक उडान सामान्य प्राभावित भएको विमानस्थलका नागरिक उड्डयन कार्यालयले जनाएकाे छ ।
काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएकाे छ । तर नेपालगञ्ज र पोखरामा भने उडान भइरहेको छ । विमानस्था कार्यालयले अन्तर्राष्ट्रिय उडान भने भइरहेको जनाएको छ ।
यता, देशको पहाडी भूभागका केही स्थानहरुका हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु-कुहिरो लागेको छ । मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतारी अमिरको नेपाल भ्रमणकति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
प्रतिकृया दिनुहोस