सिके राउतलाई मार्ने धम्की दिएपछि भौतिक पूर्वाधारमन्त्री रेणु यादव विवादमा
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १२:४०:०० मा प्रकाशित
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसात्मक अभिव्यक्ति दिएपछि विवादमा तानिएकी छन् ।
हिजो बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर नरसंहारको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी थिइन् । पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी थिइन् ।
के दिइन् यादवले हिंसात्मक अभिव्यक्ति
कार्यक्रमलाई सम्बोधन गरेकी मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’ को उदाहरण दिँदै उनले भनिन्, 'इतिहासमा राइस मिल अझै जीवित छ । रौतहट ऐतिहासिक जिल्ला हो । यो गौरमा फट्टा(चिर्पट) देखाउने प्रयास नगर । यहाँ लट्ठी भाँच्ने जनता छन् । तपाईंको फट्टा त्यहीँ तोडमोड गरेर हातमा राखिदिनेछौँ । आज बलिदानी दिवसका दिन हिंसा होइन, आज बलिदानी दिवस मनाउन आएका हौँ । भोलि हामीले यहाँका पुल र सडकको अवस्था कस्तो छ भनेर भिजिट गर्नेछौं । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।’
हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ। जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभुलुन् । नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ। सतर्क रहनुस् ।’
मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए ।
यस्ताे थियाे गौर नरसंहार घटना
७ चैत २०६३ को दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए ।
कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको हत्या भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ। उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।
झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाएका थिए तर न्याय भने कसैले पाएका छैनन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस