बिहीबार नेप्सेमा ३२.९६ अंकको वृद्धि, काराेबार रकम भने खुम्चियाे
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १५:२०:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार उच्च अंकले बढेको छ । आज नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा थामिएकाे छ । बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस