त्रिवि अन्तर्गतका परीक्षा स्थगित, कहिले हुने अनिश्चित
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार सूचना जरी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हाल चलिरहेका परीक्षा स्थगित हुने जनाएको छ ।
कोरोनाको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण परीक्षा स्थगित गर्नुपरेको त्रिविले जनाएको छ ।
बिहीबार बसेको परीक्षा सञ्चालक समितिको बैठकले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले परीक्षा केन्द्रहरूको अनुगमन गर्न निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना नभएको भए परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
प्रतिकृया दिनुहोस