आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुआत
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १७:१९:०० मा प्रकाशित
पोखरा । आहा ! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २०औं संस्करण बिहीबारदेखि शुरु भएको छ ।
पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले विजयी शुरुवात गरेकाे छ । विजयी शुरुवात गर्ने क्रममा एपिएफले घरेलु टोली आयोजक सहारा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो ।
एपिएफका लागि पहिलो हाफको १९औं मिनटमा आवाश लामिछानेले पहिलो गोल गरे भने ७७औं मिनटमा प्रदिप लामाले दोस्रो गोल गरेका थिए ।
खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ८ हजारसहित ट्रफी हात पारे । यो जितसँगै एपिएफ प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत माघ ७ गते शुक्रबारको खेल हिमालयन शेर्पा क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।
सहारा क्लब, पोखराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
प्रतिकृया दिनुहोस