स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।

यस्तै आज ६४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ हजार ७ पीसीआर तथा ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत