राजनीति

शुक्रबार सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन ।

दुवै नेता कोरोना संक्रमण मुक्त भएपछि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित वार्ता भएको थियो । सोही भेटवार्तापछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत