प्रहरीले मोबाइल चोरेपछि...
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १०:५०:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको हाे । लागू औषधको कारोबार भइरहरेको सूचनाको आधारमा बिहीबार ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभीमा कैद भएको छ ।
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट ती प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले जानकारी दिएका छन् । मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियोसहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए । उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले निजहरुबाट मोबाइलसमेत बरामद गरिएको जानकारी दिए । बिहीबार प्रहरीले ग्यालरीबाट लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस