उपत्यकामा सवारी सञ्चालनमा थप कडाई
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १४:३७:०० मा प्रकाशित
काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएसँगै शुक्राबार रातिदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जोरबिजोर प्रणाली लागू गरेकाे छ ।
उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएसँगै भक्तपुरमा सवारी साधनमाथि कडाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्था र वायु सेवाका कर्मचारीले सवारी साधन प्रयोग गर्न सक्ने, सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास परिचयपत्र रहेको संचारकर्मीले पनि सवारी साधन प्रयोग गर्न सक्ने छन् ।’
सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधन हरेक दिन चलाउन पाउने भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस